मेलेम्चीमा बाढीको ताण्डव, क्षतिको विवरण आउन समय लाग्ने

डिसी नेपाल
२ असार २०७८ ७:३२

काठमाडाैं । मनसुन शुरु भएसँगै परेकाे अविरल वर्षाका कारण मेलम्चीमा बाढीले ताण्डव मच्चाएकाे छ। इन्द्रावती र मेलम्चीमा आएको बाढिको कारण मेलेम्ची खानेपानी आयोजना र इन्द्रावती हाइड्रोमा ठूलो क्षति भएको छ। हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुललगायत तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण बगाएको छ।

बाढीका कारण तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार यी सबै बजारहरु बगरमा परिणत भएका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलेम्चीमा भएको क्षतिको विवरण आउन अझै समय लाग्ने बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले सामान्य पानीको बाहर राति घटेको र पुनः विहानबाट बढेको सूचना पाएको बताए।

उनले भने, ‘क्षतिको विवरण त अलि समय लाग्छ होला। हामी जाँदैछौं। नेपाली सेनासहितको टोलीमा म आफै पनि जान्छु। मेलेम्चीसँगको सम्पर्क स्थलमार्गबाट टुटेको छ। हामी पुग्न ढिला हुन्छ होला। पुगेपछि नै धेरै कुरा थाहा हुन्छ।’

उनले हातहातीकाे संख्या यकिन भन्न नसकिने भन्दै अहिलेसम्म बाहिर आएकै कुरालाई मात्र आधार मानिएको बताए। यस्तै धेरै पुलहरु पनि बगाएको भन्ने कुरा आए पनि पुल माथिबाट नदी बगेकोले पुनः पानीको बहाब घटेपछि केही पुलहरु देखिएको पनि उनको भनाइ छ।

उनले भने, ‘मैले राति पाएको सूचना अनुसार केही पुलहरु बाढीको ओभर फ्लो भएका कारण अदृष्य भएका थिए। आज ती पुलहरु देखिएको भन्ने सूचना छ। घरहरु बगेको, मेलेम्चीको बाँध भत्तकाएको, पुलहरु बगाएको मानवीय क्षति के कति भएको छ सबै सूचना आधिकारिक यकिन नभएसम्म भन्न गाह्रो हुन्छ। दिउसो नै यसको रिपोर्ट आउँछ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *