१९ घण्टादेखि राप्ती नदीको बाढीमा फसेकाहरुको उद्धार

काठमाडौं। बिगत १९ घन्टादेखि दाङस्थित राप्ती नदी बिचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरि बलले बुधबार बिहान उद्धर गरेको छ।
जिल्लाको लमही नगरपालिका वार्ड नं ७ हसनापुर र राजपुर गाउँपालिका वार्ड नं २ बेला स्थित राप्ती नदीको बिचमा रहेको टापुमा मंगलबार दिउँसो २ बजेबाट फसेकाहरुको उद्धर गरिएको हो।
टापुको दुबै तिर राप्ती नदी बग्ने र बिचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनिहरु अबिरल बर्षासंगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गार्इ बस्तुसँगै अलपत्र परेका थिए। उद्धार गरिएका ब्यक्तिहरु लमही ७ बस्ने बर्ष ४८ को मन्सराम चौधरी , राजपुर २ बस्ने बर्ष ५० कि साबित्री यादब , सोहि ठाउं बस्ने बर्ष २६ को राधेश्याम यादब र राजपुर ३ बस्ने बर्ष २५ को गणेश यादब रहेका छन्।
राति ९ बजे उनीहरु फसेको जानकारी आए पनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्धारमा कठिनाई भएको सशस्त्र प्रहरी बल (एपीएफ)ले जनाएको छ।
बुधबार बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणबाट उपरीक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट उपरीक्षक यादब बिश्वकर्माकोको कमान्डमा गएको बिपद ब्यबस्थापन सहितको टोलिले ९ बजे चारै जनाको उद्धार गरि घर पठाएको हो। उनीहरुले चराउन लिएर गएका गाइबस्तु भने सोही टापुमा रहेका छन्।
Facebook Comment