विपक्षी गठबन्धनद्वारा बाढी पहिरो पीडितको उद्दार र राहतलाई प्रभावकारी बनाउन माग

डिसी नेपाल
३ असार २०७८ १४:४२

काठमाडौं। विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विपक्षी गठबन्धनले राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेको छ। ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन उनीहरुको आग्रह गरे।

वक्तव्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *