कविता : जाहेरी गरेँ है
ठिङ्ग उभिएको शालिक पनि होइन
बुद्ध जस्तो ध्यानमा बसेका मूर्ति पनि होइन
जलहरी मा ठडाइएको शिव लिङ्ग पनि होइन
गजधम्म बसेका छन सिँगारिएको फलैंचामा
मान्छे जस्तो लाग्छन टाडा बाट हेर्दा
नजिकै गए आवाज आयो।
निहुरि निहुरि निहुरि उहाँहरू लाई
म ठिङ्ग नजरमा नजर मिलाएर हेरे
मेरो जस्तै हात खुट्टा आखा टाउको
गर्दन औलाहरु वनमान्छे लागेन
आकार वनोट फरक-फरक मात्र
मधुर ध्वनिमा ख्वामित को जय जय
उनिहरु चर्को आवाज सुन्दैन रे
कानमा खुसुक्क भन्नुपर्छ रे
टाडा टाडा देख्दैन रे पाउमै पर्नुपर्छ रे
जिब्रो ले स्वाद पाउछन रे
गुप्तांगको काम मा उमेर अनुसार समस्या छैन रे
बेठ ठेक असुली हातैले गन्छन रे
यो फैलैचाको गजवको सम्मोहित क्षमता छ रे
फैलैचाको लागि लडाई झगडा मुद्दा मामिला
मेलमिलाप एकता सवै हुन्छ रे
को कति खेर नदि किनार नै मेटाउछन रे
शदियौ देखि को परम्परा इतिहासविद् भन्छन्
को हुनत यी देख्दा पारदर्शी
तर ब्यबहार अपारदर्शी भएका मान्छेहरु
जोस भरिएको स्वरमा परबाट करायो
शासक शासक शासक
फेरि करायो फलैचामा बस्ने चाहिएन
जमिन र भुईमा बस्ने मान्छे चाहियो
मैले राम्ररी सुने बुझ्ने भाषामा
सिंगारिएको फलैचामा वस्नेले सुने सुनेनन्
जानकारी भएन जमिनमा बसेकालाई जाहेरी गरेँ।
Facebook Comment