इरानमा कट्टरपन्थी मानिने इब्राहिम रइसी राष्ट्रपति बन्ने पक्का, प्रतिस्पर्धीले बधाइ दिइसके

डिसी नेपाल
५ असार २०७८ १२:५४

काठमाडौं। इरानमा शुक्रबार भएको राष्ट्रपति पदको निर्वाचनको नतिजा शनिबार लगभग स्पष्ट भएको छ । कट्टरपन्थी मानिने ६० वर्षीय इब्राहिम रइसी अबको राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । रइसी इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि रहिसकेका छन् । चुनावी मैदानमा उत्रिएका अन्य उम्मेदवारले पनि उनलाई जीतको बधाइ दिइसकेका छन् । यद्यपि मतगणना भने जारी छ ।

इब्राहिम रइसीलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खमेइनीले समर्थन गरेका छन् । निर्वाचनअघि खमेइनीले भनेका थिए ‘अब हामीले पूर्वलाई प्राथमिकता दिनेछौं ।’ जबकि परम्परागत रुपमा इरानको विदेश नीति न पूर्व न पश्चिम रहँदै आएको छ । इरानमा १९८८ मा ५ हजार राजनैतिक कैदीहरुलाई सामूहिक फाँसी दिइएको थियो । यो सामूहिक फाँसीमा रइसीको भूमिका रहेको मानिन्छ । रइसी भने यस विषयमा बोल्नबाट जोगिने गर्छन् । अमेरिकाले पनि यस मामिलामा रइसीको निन्दा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *