लुम्बिनी, कर्णाली र सुपका नेताहरुले देउवालाई भनेः अगाडि बढ्नुहोस्

डिसी नेपाल
७ असार २०७८ १६:२७

काठमाडौं। काँग्रेस सभापपित देउवालाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका काँग्रेस नेताहरुले फेरि सभापतिमा उम्मेदवार बन्न सुझाव दिएका छन्। सोमबार देउवा निवास बुढानिलकण्ठमा तीन प्रदेशका देउवा निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग देउवाले आगामी महाधिवेशनबारे छलफल गरेका थिए।

छलफलमा सभापति देउवाले आफू फेरि सभापतिको उम्मेदवार हुने भन्दै सहयोग गर्न र सुझाव दिन प्रस्ताव गरेका थिए। देउवाको प्रंस्तावमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका देउवालाई नै पुनःसभापतिमा उम्मेदवार हुनु सुझाव दिएको केन्द्रीय सदस्य वीरबहादुर बलायरले जानकारी दिए।

उनका अनुसार,१४ औँ महाधिवेशनमा देउवालाई नै पुनः जिताउने प्रतिबद्धता तीनै प्रदेशका नेताहरुले प्रतिबद्धता समेत जनाएका छन्। आगामी भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनको तयारी तिब्र रुपमा भइरहेको छ भने नेताहरुको छलफलले पनि तिब्रता पाएको छ। फेरि सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका देउवाले देशका सातै प्रदेशका आफू निकट नेताहरुसँग छलफल सकेका छन्।

सातै प्रदेशका सदस्यहरुसँगको छलफलपछि अब देउवाले दोस्रो चरणको छलफल थाल्ने नेताहरुले बताएका छन्। सात प्रदेश मध्ये २ नम्बर प्रदेशको छलफलले भने देउवालाई केही संकट थपेको छ। उपसभापति विमलेन्द्र निधिले गत शनिबार भएको छलफलमा आफू पनि सभापतिको उम्मेदवार हुने घोषणा गरेपछि देउवालाई संकट परेको छ। अन्य ६ वटा प्रदेशमा भने देउवालाई कसैले चुनौती नदिएको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *