माओवादी त्यागेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र

डिसी नेपाल
७ असार २०७८ १७:४८

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा विवरण पठाएको छ। सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ती १४ जना जनप्रतिनिधिलाई पार्टीबाट कारबाही गर्ने निर्णय गरिएको थियो।

सो निर्णयपछि माओवादीले सोमबारै निर्वाचन आयोगमा पत्र पठाएको हो। यसअघि नै माओवादी केन्द्रले ती जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र लेखे पनि आयोगले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल निर्णयका आधारमा पदमुक्त गर्न नसकिने जवाफ दिएपछि सोमबार केन्द्रीय समितिको आकस्मिक बैठक बसेर उनीहरुमाथि कारबाहीको निर्णय गरिएको हो। केन्द्रीय समितिको निर्णयसहित सोमबार निर्वाचन आयोगलाई पदमुक्तका लागि पत्र पठाइएको छ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार निर्वाचित दल त्यागेर अर्को दलमा प्रवेश गरेमा दलको कारबाही अनुसार निर्वाचन आयोगले उनीहरु पदमुक्त भएको सूचना जारी गर्ने व्यवस्था छ।

माओवादी केन्द्रले यसअघि राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई भने पदमुक्त गरिसकेको छ। तर, स्थानीय तहका जनप्रतिनिधिमाथिको कारबाही प्रक्रिया अलि जटिल भएकाले उनीहरु अझै पदमुक्त भएका छैनन्।

यी पदमुक्तका लागि सिफारिस जनप्रतिनिधिः

१ रिनाकुमारी साह, प्रमुख – मौलापुर नगरपालिका, रौतहट

२ सियाराम कुशवाह, प्रमुख – कटहरिया नगरपालिका, रौतहट

३ परनिया देवी, उपप्रमुख – देवाही गोनाही नगरपालिका, रौतहट

४ गौरीशंकर जयसवाल, उपप्रमुख – मौलापुर नगरपालिका, रौतहट

५ कान्ती देवी, उपप्रमुख – फतुवाविजयपुर नगरपालिका, रौतहट

६ सीमलाल साह, उपप्रमुख – माधव नारायण नगरपालिका, रौतहट

७ गीतादेवी शाह, उपप्रमुख – युमनामाई गाउँपालिका, रौतहट

८ समतीलाल दास ताती, सदस्य – लहान नगरपालिका सिरहा

९ शेष फारुक, अध्यक्ष – सम्सी गाउँपालिका, महोत्तरी

१० सुरेश कुमार थावा, वडाध्यक्ष – चम्पादेवी गाउँपालिका १ ओखलढुंगा

११ भागिरथी विष्ट, वडाध्यक्ष – गौरीगञ्ज नगरपालिका ४, कैलाली

१२ शर्मानन्द भट्ट, वडाध्यक्ष – गोदावरी नगरपालिका १ कैलाली

१३ पुरन विसी, वडाध्यक्ष – बर्दगोरिया नगरपालिका ४, कैलाली

१४ छायाँ देवकोटा, उपप्रमुख भजनी नगरपालिका, कैलाली




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *