मर्स्याङ्दीको वहाव फेरि बढ्दै

डिसी नेपाल
८ असार २०७८ २१:१६

मनाङ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ ।

चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *