प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ

डिसी नेपाल
९ असार २०७८ ६:५०

काठमाडौँ। प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाआजरदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो।

सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो।

आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसकेका छन्।

राष्ट्रपति कार्यालयले धारा ७६ को कार्यान्वयनका क्रममा राष्ट्रपतिलाई कुनै पनि निकायको सिफारिस आवश्यक नपर्ने, विश्वासको मत प्राप्त गर्न सक्ने वा नसक्ने यकिन गर्ने अधिकार राष्ट्रपतिसँग भएको जिकिरसहित जवाफ पठाएको छ।

याे पनि पढ्नुस्

प्रतिनिधिसभा विघटन मुद्दामा के के हुँदै छ सर्वोच्च भित्र ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *