सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय

डिसी नेपाल
१० असार २०७८ ०:२०

काठमाडौं। विपक्षी गठबन्धनले ओली सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको गठबन्धनको निर्णयले सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।

काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलले सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको बैठकमा सभागी एक नेताले जानकारी दिए। उनले भने, ‘भौतिक दूरी कायम गरेर भए पनि सडकमा प्रदर्शन गर्ने निर्णय भएको छ।’ उनका अनुसार प्रदर्शनका लागि पहिलो चरणमा दल सम्बद्ध भातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको छ।

दलहरुको यो निर्णयसँगै पाँच विद्यार्थी संगठनहरुले विहीबार प्रदर्शन गर्ने विज्ञप्ति गरेर जानकारी दिएका छन्। गठबन्धनको बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा भएको र सरकार विरुद्ध सडकमै आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *