माल्टामा दुर्घटनामा नेपाली युवा गम्भीर घाइते, मोटरसाइकललाई कारले ठक्कर दिएको थियो

काठमाडौं। माल्टामा एक नेपाली युवा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । ३० वर्षका ती नेपाली युवा माल्टाको कोर्मी सहरमा बस्ने गरेका थिए । गम्भीर घाइते भएका उनलाई माटेर डेइ हस्पिटलमा भर्ना गरिएको माल्टाको मिडिया इन्डिपेन्डेन्टले जनाएको छ ।
दुर्घटना स्थानीय समयअनुसार बुधबार बिहान साढे ११ बजेहामरुन सहरको त्रिक इल कबिरा सान गुजेपमा भएको समाचारमा जनाइएको छ । समाचारमा घाइते नेपालीको पहिचान खुलाइएको छैन । पुलिसलाई उद्धृत गर्दै समाचारमा बताइएअनुसार पीडित नेपालीले चलाइरहेको किम्को मोटरसाइकललाई मार्सास्कालाका ५३ वर्षका व्यक्तिले चलाइरहेको निशान गाडीले ठक्कर दिएको थियो ।
प्रतिक्रिया
Facebook Comment