सप्तरीमा अनलाइन कक्षा संचालन भएन,बिद्यार्थीको शैक्षिक गुणस्तर खस्किँदै
सप्तरी। राजविराज नगरपालिका २ लिटिल फ्लावर बोडिङ्ग स्कुलको कक्षा ८ मा अध्ययनरत सागर झालाई कोरोनाको दोस्रो लहर शुरू भएदेखि पढाइलाई निरन्तरता दिनु भनेको आकाशको फल आँखा तरि मर झैं भएको छ।
‘आफैं अध्ययन गरेर विद्वान हुने भएको भए बिद्यालय किन चाहिन्थ्यो उनले भने,’बिद्यालय लामो समयदेखि खुलेको छैन। सप्तरी जिल्लाको बिद्यालयमा अनलाइन कक्षाको शुरुआत हुन नसक्नु यहाँका बिद्यार्थीको लागि सबैभन्दा ठूलो घाटा भएको झाको बुझाइ छ।
‘अनलाइन कक्षासम्म भइदिएको भए निशेधाज्ञामा पनि बिद्यार्थीहरू पढाइप्रति जिम्मेवार भई पढाइलाई निरन्तरता दिने अवसर हुने थियाैं,’ सागरले भने।
उनले थपे, ‘अनलाइन कक्षा संचालन भएको भए हाम्रो इन्टरनेट सम्बन्धि सीप पनि बढ्ने थियो। निशेधाज्ञामा पनि हामी केही न केही सिक्थ्यौं।’
अनलाइन कक्षा भइरहेको जिल्लाको तुल्नामा सप्तरीका बिद्यार्थीलाई एकदमै घाटा भएको सागरको बुझाइ छ।
राजविराज नगरपालिका वडा नं ७ को गौतम शिशु सदनको कक्षा १० मा अध्ययनरत सुस्मिता परियारलाई कोरोनाको दोस्रो लहरमा पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ताले सताएको छ।
कोरोनाको पहिलो लहरमा कक्षा ९ मा हुँदा ४ महिना मात्र पढ्न पाइयो,’ दोस्रो लहर १० कक्षामा पढाइ शुरू हुन न पाउँदै बिद्यालय बन्द भएपछि पढाइ रोकिएको सुस्मिता भनाइ रहेको छ ।
उनी भन्छिन्, ‘म एसईईको बिद्यार्थी ९ कक्षामा पनि पढ्न पाइन्,१० कक्षा पनि नपढेर नै बित्छ ,जस्तो छ।’ उनी एक कक्षादेखि नौं कक्षा सम्म दोस्रो भइरहँदा पढाइ प्रति अहिले जस्तो चिन्ता उनलाई कहिल्यै लागेको थिएन्।चिन्तासँगै पढाइको माहोल नभएपछि अहिले जस्तो अल्छि कहिले नलागेको उनी बताउँछिन् ।
बिद्यालय खुला भएको बेला उनी बिहान घरमा, बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म बिद्यालयमा पढ्थिन्। बिद्यालयबाट फर्केर खाजा खाएर एकछिन खेल्थिन्। बाँकी समय गृह कार्य गर्दागर्दै बित्थ्यो। समय बितेको उनलाई थाहै हुँदैन्थ्यो
उनी थप्छिन्, ‘लामो समयदेखि बिद्यालय बन्द छ। फुर्सदै फुर्सद छ।’ स्वअध्ययन गरेर पढाइलाई निरन्तरता दिन खोजेपनि शिक्षण सिकाईको बैकल्पिक व्यवस्था नभएको ले समस्या भएको हो।’
बिद्यालय लामो समयसम्म बन्द भएपछि बिद्यार्थीलाई एकदमै घाटा हुँदो रहेछ,पढाइमा ध्यान जादैन। अन्य काममा ध्यान जाने उनको भनाइ रहेको छ।
‘लकडाउन छ, बिद्यालय बन्छ,आज पढ्नै पर्छ भन्ने हतार छैन। एक छिनमा पढ्छु, आज पढ्छु। भोलि पढ्छु, भन्दै टारिन्छ समय बित्दै जान्छ तर पढिदैन झपढ्ने माहोल नभएपछि एकछिन मोवाईल चलाई हालिन्छ। टिकटक बनाउन मन लाग्छ,’ त्यता तिर टाइमपास बढी भइरहेको उनी बताउँछिन्।
‘हाम्रो जिल्लाका बिद्यालयहरूले पनि अन्य ठाउँका बिद्यालय जस्तो अनलाइन कक्षा संचालन गरेको भए हाम्रो पढाइ नियमित हुन्थ्यो। हामीले यसरी समय त्यसै खेर फाल्नु पर्दैन्थ्यो,’ उनले भनिन्।
यसैगरी राजविराज नगरपालिका १ कि कक्षा १० मा अध्ययनरत प्रिंयका दासको अहिले पढाइ प्रतिको चासो घटेको छ। उनीलाई बिद्यालय बन्द भएदेखि यस्तो भएको हो।
पढ्ने क्रममा आइपर्ने समस्या समाधान हुन नसक्दा पढाइ प्रति चाँसो घटेको प्रिंयकाको भनाइ रहेको छ। उनी भन्छिन्, ‘हाम्रो जिल्लामा पनि अनलाइन कक्षा भएको भए अन्य जिल्लाको बिद्यार्थीहरू जस्तै हाम्रो पढाइ पनि नियमित हुन्थ्यो, हामी पढाइ प्रति जिम्मेवार हुन्थ्यौं।’
यस सम्बन्धमा सुस्मिताकी आमा सुनिता परियार भन्छिन्,’गत वर्ष कोरोनाकै कारण ८ महिना बिद्यालय बन्द रहयो। खुलेको ४ महिना नबित्दै कोरोनाको दोस्रो लहरका कारण पूनस्बन्द हुँदा सप्तरीका बिद्यार्थीहरूले शैक्षिक क्षेत्रमा एकदमै घटा ब्यहोर्नु परेको छ।’
उनी थप्छिन्,’मेहनत गर्ने बेलामा बिद्यालय बन्द भएपछि पढाइ सबै चौंपट भएको हो।’ जिल्लाका बिद्यालयहरूले अनलाइन कक्षा लिईदिएको भए घरबाटै अध्ययनलाई बिद्यार्थीहरूले निरन्तरता दिन पाउँथे। बिद्यार्थीहरूलाई डर हुन्थ्यो ।समयमा पढ्नु छ, साथी साथीमा प्रतिस्पर्धाको भावना आउँथ्यो पढाईप्रति रूचि जाग्थ्यो। तर त्यसो हुन नसकेको दुखेसो सुनिताको छ।
काठमाडौं,पोखरा ,बिराटनगर ,धरान इटहरी लगायतको ठाउँमा कोरोनाको पहिलो लहर र अहिले पनि अनलाइन कक्षाले निरन्तरता दिएपछि त्यहाँको बिद्यार्थीको पढाइ नियमित छ। हाम्रो जिल्लाको बिद्यार्थी भन्दा उनीहरू प्रतिस्पर्धामा अगाडि जानू स्वभाविक हाे।’
उनले थपिन,’हाम्रो जिल्लाको बिद्यार्थीको भविष्यमाथि खेलवाड भएको मैले महशुस गरेकी छु, अब पनि सम्बन्धित निकायले यश तर्फ ध्यानाकर्षण गर्न जरूरी छ।’
यस सम्बन्धमा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक भन्छन्,’यहाँका जुन बिद्यालयहरू अनलाइन सेवा दिन सक्षम छन्।उनीहरू पनि फि कै मुख ताकेर पैंसा बिना गर्न चाहेका छैनन्।’
सप्तरीका निजी बिद्यालयका शिक्षकहरूले कोरोनाको पहिलो लहरमा पनि बन्दको अबधिको र दोस्रो लहरमा पनि तलब पाएका छैन्।
जागिर जाला भनेर उनीहरू आवाज पनि उठाउन नसकेको उनी बताउँछन्। शिक्षकलाई पैसा दिनुपर्छ भन्ने डरले पनि बिद्यालयका मालिकहरूले अनलाइन कक्षा संचालन नगरेको उनको तर्क रहेको छ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश यादवले बैकल्पिक शिक्षण सिकाईका लागि स्थानीय तहले कुनै योजना नबनाएको बताए ।
उनले भने, ‘कोरोनाको पहिलो लहरमा नभएपनि दोस्रो लहरमा सबैको सहयोग र सहकार्य भएको भए अनलाइन कक्षा संभव थियाैं।’ तर यसतर्फ कसैले चासो देखाएन्।
उनले थपे, ‘कोरोनाको पहिलो लहर सकिए लगत्तै दोस्रो लहर आउँछ,भनेर विज्ञहरूले भनि रहदा समेत बैकल्पिक शिक्षण सिकाईका लागि तयारी हुन नसक्नुमा सबै सरोकारवालाहरू दोषी छन्।’
स्थानीय सरकारको मातहतमा बिद्यालय र त्यसका गतिविधि रहेकोले स्थानीय तहले सबै बिद्यार्थीलाई ईन्टरनेट मा पहुँचका लागि फ्रि ईन्टरनेटको ब्यवस्था,ठाउँ ठाउँमा शिक्षण सिकाई केन्द्रको स्थापना गर्नुपर्थ्यो तर त्यस्तो गर्न नसक्नु दुखद हो।
अध्यक्ष यादवले थपे, ‘बैकल्पिक शिक्षण शिकाई गर्न शिक्षकहरू जहिले पनि तयार छन्। तर माहोल छैन्।’ अहिलेको अवस्था अनलाइन कक्षा होस् वा अन्य बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप शिक्षक, बिद्यालय व्यवस्थापन समिति, अभिभावक, बिद्यार्थी, स्थानीय जन प्रतिनिधि सबैले यसतर्फ ध्यान केन्द्रित गर्न सके मात्र संभब छ।
नेपाल शिक्षक महासंघ सप्तरीले १५ दिन अगाडि प्रेस विज्ञप्ति जारी गरेर जुन शिक्षक जहाँ छ, त्यहाँका बिद्यार्थीलाई त्यहिबाट बैकल्पिक शिक्षण सिकाई गर्न आग्रह गरेको बताए।
उनले थपे, ‘बिद्यार्थी र शिक्षक जहिले पनि मासमा बस्नु पर्ने भएपनि कोभिडको भ्याक्सिन लिने प्राथमिकतामा नपरेकोले झन समस्या उत्पन्न भएको हो।’ बिद्यार्थी र शिक्षकलाई भ्याक्सिन उपलब्ध नगराएसम्म कक्षामा भौतिक रूपमा उपस्थित भएर पठनपाठन नगर्ने अवधारणा ब्यक्त गरे।
प्याब्सन सप्तरीका अध्यक्ष देवानन्द चौधरीले अनलाइन कक्षाका लागि अभिभावक र बिद्यार्थीले पनि चासो नदेखाएको बताए। उनले भने, ‘अनलाइन कक्षा संचालनका लागि तीन पटक बैठक बसिसकेका छौँ ,पहल भइरहेको छ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादवले बिद्यार्थीहरूका लागि अनलाइन कक्षा तिर ध्यान नै नगएको बताए।उनले भने, ‘परिषद् हुदैछ, यसपटक बजेट छुट्टयाउँछौं। जिल्लामा ४ सय १२ सामुदायिक र १ सय ११ निजी बिद्यालय छ।
Facebook Comment