विमलेन्द्र, शशांक र प्रकाशमानबीच महाराजगञ्जमा छलफल

डिसी नेपाल
११ असार २०७८ १२:३९

काठमाडौ। नेपाली काग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन्। १४ औं महाधिवेशनमा समापतिको उम्मेद्वारी घोषणा गरेका वर्तमान उपभापति विमलेन्द्र निधिले राजनीतिक सक्रियता बढाएका छन्।

अहिले उसभापति निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ। शशांक निवास महाराजगञ्जमा जारी भेटमा आसन्न महाधिवेशन, पार्टी सुदृढिकरणलगायतका विषयमा छलफल भइरहेका महामन्त्री कोइरालाका स्वीकीय सचिव भरत तिवारीले जानकारी दिए।

महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुबीच राजनीतिक भेटघाटले तिव्रता पाएको छ। यसअघि निधि निवास बानेश्वरमा कोइराला, सिंह र निधिबीच लामो छलफल भएको थियो। आजको घेटघाट त्यही दिन तय भएको थियो।

निधिले आफू सभापतिमा उम्मेद्वारी दिने भन्दै आफूलाई सहयोग गर्न नेताहरुलाई आग्रह गर्दै आएका छन्। संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति निधिले सभापतिमा उम्मेद्वारी दिने तय भएपनि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेद्वार तय भएको छैन।

महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंह दुवै जना सभापतिका आकांक्षी भएपनि उनीहरुले उम्मेद्वारी घोषणा गरिसकेका छैनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *