नेपाली कांग्रेसका नेतात्रय निधि, कोइराला र सिंहबीच मिलेर अघि बढ्ने सहमति !

डिसी नेपाल
११ असार २०७८ १४:१४

काठमाडौ। नेपाली काग्रेसका नेतात्रय विमलेन्द्र निधि, डा. शशांका कोइराला र प्रकाशमान सिंह आगामी महाधिवेशनमा टिम बनाएर अघि बढ्न सहमत भएका छन्। शुक्रबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको तीन नेताबीचको छलफलमा आगामी महाधिवेशनमा टिम बनाएर अगाडि बढ्न सहमत भएको नेताहरुले बताएका छन्।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। हाम्रो पहलमा सबै खुसी छन्।’

महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुबीच राजनीतिक भेटघाटले तिव्रता पाएको छ। यसअघि निधि निवास बानेश्वरमा कोइराला, सिंह र निधिबीच लामो छलफल भएको थियो। आजको घेटघाट त्यही दिन तय भएको थियो।

निधिले आफू सभापतिमा उम्मेद्वारी दिने भन्दै आफूलाई सहयोग गर्न नेताहरुलाई आग्रह गर्दै आएका छन्। संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति निधिले सभापतिमा उम्मेद्वारी दिने तय भएपनि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेद्वार तय भएको छैन।

महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंह दुवै जना सभापतिका आकांक्षी भएपनि उनीहरुले उम्मेद्वारी घोषणा गरिसकेका छैनन्। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *