एमाले किचलोले कर्णाली प्रदेशसभा लगातार अवरुद्ध, सभामुखमाथि निष्पक्ष नभएको आरोप

सुर्खेत। पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक बजेट प्रस्तुतपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक कलहका कारण बस्न सकिरहेको थिएन।
एमालेको आन्तरिक कलहका कारण पटक पटक सुचना टाँस गरी स्थगित हुँदै आएको कर्णाली प्रदेश सभाको बैठक शुक्रवारका लागि आव्हान गरिएको थियो। शुक्रवार सभाको १२ औं बैठक शुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि अवरुद्ध गर्यो।
संसद बैठकको शुरुमै नेकपा एमाले प्रमुख सचेतक गुलावजंग शाहले अदालतले पुनःस्थापित गरेका नेकपा एमालेका सांसदले आफ्ना मागहरुबारे ध्यान नदिएको भन्दै बजेटमाथि छलफल हुन नदिने बताए। उनले शुक्रवारको बैठक चल्न नदिने बताए। कर्णाली सरकारमा एमालेकै तीनजना मन्त्री छन्। र प्रमुख विपक्षीको कुर्सीमा पनि एमाले नै रहेको अनौठो दृष्य छ।
रोचक त के भयो भने प्रमुख प्रतिपक्षी दलका तर्फबाट सदन अवरुद्ध गर्नको कारण बारे बोलेका प्रमुख सचेतक गुलावजंग शाहले सरसकारले बजेटमाथि छलफल नगरेको र पुनःस्थापित भएका सांसदहरुले आफ्नो दलको निर्देशन नमानेको कारण संसद चल्न नदिने बताए।
सभामुख राजबहादुर शाहीले कुरा बजेट केन्द्रित हो वा अन्य विषय हो प्रष्ट नभएका कारण संसद अवरुद्ध गर्नको कारणबारे फेरि अर्को कोही सदस्यलाई कुरा राख्न आग्रह गरे। तर फेरि पनि प्रमुख सचेतक शाहले नै संसद अवरुद्ध गर्नको कारण पुनः प्रष्ट्याएपछि मात्र सदन चल्न दिनका लागि सहयोगको अपिल गरे।
सभामुखले आफ्नो कर्तव्य भुलेर उल्टै प्रतिपक्षीलाई घोकाएर सदन अवरुद्ध गर्न लाउनु सभामुखको भूमिका निष्पक्ष नभएको नेकपा माओवादी केन्द्रको अरोप छ।
‘छलफल हुनुपर्ने विषय एक छ प्रमुख प्रतिपक्षीले अर्कै उठाउँछ अनि सभामुखले सिकाउँछन् फेरि प्रमुख प्रतिपक्षीले उही कुरा बोलिदिन्छन् अनि सदन अवरुद्ध हुन्छ सभामुखको तरिका देखिएकै छ,’ माओवादी केन्द्रका एक सांसदले भने।
Facebook Comment