माओवादी त्यागी एमालेमा प्रवेश गरेर पद गुमाएका १४ जनप्रतिनिधिको पद रिक्त

डिसी नेपाल
११ असार २०७८ १९:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।

निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट विस २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।

रौतहट मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहा, देवाही गोनाही नगरपालिका उप्रमुख परनिया देवी, मैलापुर नगरपालिका उप्रमुख गौरीशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिका उप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमलकुमारी साह, यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह, सिरहा लहान नपा नगरकार्यपालिका सदस्य सतमीलालदास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा , महोत्तरी सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलाली भजनी नपाउपप्रमुख, छायादेवी देवकोटा, गौरीगंगा नपा–४ का वडाध्यक्ष, भागिरथी विष्ट, गोदावरी नपा–१का वडाध्यक्ष, शर्मानन्द भट्ट र बर्दगोरिया नपा–४ वडाध्यक्ष पुरन बिसीको पद रिक्त भएको हो ।

एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो । आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *