गजल
पर्दा नलागुन्जेलसम्म मुस्कुराइदिन्छ
दुनियाँ रङ्गमञ्च हाे, आँसु लुकाइदिन्छ
खाली पाना थिएँ केरमेट गरेर फाल्याै
ठिकै छ ,कसैले त बटुलेर आगाे लगाइदिन्छ
उसैलाई सिकाईरहेछाै भाेककाे परीभाषा
जस्ले पेट भर्नका लागि ढुंगा चपाइदिन्छ
सयर गर्न हाे हरियाली खाेज्ने भनेकाे
मन पराउनेले त डढेलाेनै मनपराइदिन्छ ?
प्रतिक्रिया
Facebook Comment