राष्ट्रिय गौरवको तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आउँदै

डिसी नेपाल
१२ असार २०७८ ११:५२

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भोलि (आइतबार) बाट आशिंकरुपमा सञ्चालनमा आउने भएको छ। ४ सय ५६ मेगावाट क्षमताको आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोड्न तयारी अन्तिम चरणमा रहेको आयोजना कार्यलयले जनाएको छ।

सुरुमा ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।

कोभिड संक्रमणले केही समय स्थगित बनेको काम अहिले पनि जारी छ। उनले भने, ‘अहिले बाँकी रहेको काम भइरहेको छ। हामी भोलिदेखि परिक्षण उत्पादन गर्ने अन्तिम तयारीमा छौं। अन्य केही समस्या नभएको खण्डमा भोलिदेखि परिक्षण उत्पादन हुनेछ।’

यस्तै नेपाल विद्युत प्राधिकरणले आयोजनाको परिक्षण उत्पादनको क्रममा खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने र यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने जनाएको छ।

अहिले नेपालमा उत्पादित विद्युत अपुग भएर भारतबाट विद्युत आयात हुँदै आएको छ। यो आयोजनाको निर्माण पश्चात धेरै भएको विद्युत निर्यात गरिने प्राधिकरणले जनाएको छ।

परिक्षण उत्पादनको मिति पटक पटक तोकिदैँ आए पनि आयोजना सञ्चालनमा आउन सकेको छैन। केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनामा अनावश्यक ढिलाई भएको भन्दै काममा स्वयम् आफैले निगरानी गर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *