तलब नपाएका समाचारवाचकले लाइभ टिभीमा समाचार पढ्दापढ्दै बीचमै पैसा मागे (भिडियो)

डिसी नेपाल
१२ असार २०७८ १६:२१

काठमाडौं। काम गरेर समयमा तलब नपाउने समस्या नेपालमा पनि कैयौं कम्पनीहरुमा छ । ती कर्मचारीहरुले कार्यालयमै सम्बनिधत अधिकारी वा मालिकलाई भेटेर तलब माग्छन् । तर, जाम्बियाका एक टेलिभिजन समाचारवाचकले भने तलब नपाएको झोंकमा लाइभ टेलिभिजनमा समाचार पढ्दै गर्दा बीचमै कम्पनीसँग पैसा माग्न थाले । यो घटनाको भिडियो सामाजिक संजालमा शेयर भएपछि अहिले चर्चामा छ ।

जाम्बियाको केबीएन टेलिभिजनका ती समाचारवाचकले समाचारको हेडलाइन पढिसकेपछि बीचमै समाचारको क्रमलाई रोक्दै आफू र आफ्ना सहयोगीहरुलाई च्यानलले तलब नदिएको बताए । केबीएन न्यूज च्यानलका एंकर कबिंदा कलिमिनाले सामान्य रुपले हेडलाइन पढिसकेपछि टेलिभिजन च्यानलमाथि अप्रत्याशित रुपमा आरोप लगाउँदै भने ‘हामी पनि मानिस हौं । हामीलाई भुक्तानी दिनुपर्छ । दुर्भायले केबीएनमा हामीलाई भुक्तानी दिइएको छैन । शेरोन र मसहित अन्य कर्मचारीहरुलाई भुक्तानी दिइएको छैन । हामीलाई भुक्तानी दिनै पर्छ ।’

उनले यति भन्नासाथ च्यानलले उनलाई हटाएर ब्रेक लियो । पछि कलिमिनाले फेसबुकमा त्यो समयको भिडियो शेयर गरे र लेखे ‘हो मैले लाइभ टिभीमा यस्तो गरें । केवल यसकारण कि धेरैजसो पत्रकार बोल्न डराउँछन् । यसको अर्थ यो होइन कि पत्रकारहरु बोल्नु हुँदैन ।’ सामाजिक संजालमा भिडियो शेयर भएपछि धेरै टिभीका कर्मचारीको समर्थनमा अगाडि आएका छन् । तर, केबीएन टिभीले भने कलिमिना पार्ट टाइम एंकर भएको बताउँदै उनको व्यवहार जँड्याहा शैलीको भएको टिप्पणी गरेको छ ।

केबीएन टिभीका मुख्य कार्यकारी अधिकारी क्यानेडी माम्बवेले फेसबुकमा एक बयान जारी गर्दै भनेका छन् ‘केबीएन टिभीको रुपमा हामी एक भिडियो क्लिपको माध्यमबाट प्रदर्शित एक जँड्याहा व्यवहारबाट स्तब्ध छौं जो सामाजिक संजालमा भाइरल भएको छ । हाम्रो एक पार्ट टाइम एंकरद्वारा यस्तो व्यवहार पूर्ण रुपमा गलत छ । अन्य संस्थानमा जस्तै केबीएन टिभीमा पनि कर्मचारीका सबै सदस्यको लागि स्थापित गुनासो प्रक्रिया छ जसमार्फत उनस् आफ्नो गुनासो प्रबन्धनसमक्ष राख्न सक्थे । हामी त्यो घृणित व्यवहारको कडा निन्दा गर्दछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *