मलाई ओली पक्षबाट प्रधानमन्त्रीको अफर आएको छ : नेता नेपाल

डिसी नेपाल
१२ असार २०७८ १६:३९

काठमाडौं। विपक्षी गठबन्धनमा रहेका एमालेका विद्रोही नेता माधवकुमार नेपालले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट प्रधानमन्त्रीको अफर आएको दावी गरेका छन्।

विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग गरेको  अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले आफूलाई ओली पक्षबाट त्यस्तो अफर आएको बताएका हुन्। उनले देउवालाई हेरेको हेरै बनाउँ र तपाईँ प्रधानमन्त्री हुनुहोस भन्ने प्रस्ताव आएको दावी गरे। उनले भने, ‘ मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन।

केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ। सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला। ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो।

तर, यस्तो दावी कहिले कसले गर्यो भन्ने विषयमा भने उनले थप खुलाएनन्। नेता नेपालले ओली पक्षबाट जस्तो अफर आए पनि विपक्षी गठबन्धनलाई धोका नदिनेसमेत बताएका छन्। उनले ओलीको तानाशाही प्रवृतिविरुद्ध आफूहरुले एमालेमा विद्रोह गरेर विपक्षी गठबन्धनमा सामेल भएको बताएका छन्। उनले चुनावबाट पनि तानाशाह जन्मिन्छन् भन्ने ओलीले देखाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *