बैंकमा मास्क नलगाइ आएका ग्राहकलाई गार्डले गोली हानिदिए

डिसी नेपाल
१२ असार २०७८ १६:५१

काठमाडौं। कोरोनाभाइरसको प्रकोप बढिरहेका बेला सरकार र अन्य संस्थाहरुले मानिसहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरिरहेका छन् । तर, भारतको उत्तर प्रदेशको बरेलीमा मास्क नलगाउँदा एक व्यक्तिलाई जे भयो त्यो थाहा पाउँदा तपाइँ चकित पर्नुहुन्छ । बैंकमा मास्क नलगाएका कारण गर्डले एक सरकारी कर्मचारीलाई गोली हानिदिएका छन् ।

बरेलीमा रेलवेका कर्मचारी राजेश बैंक अफ बडौदाको शाखामा गएका थिए । यस क्रममा उनले मास्क लगाएका थिएनन् । यही कुरालाई लिएर बैंकका सुरक्षा गार्ड र उनीबीच बहस भयो र रिसाएका गार्डले उनलाई गोली हानिदिए । आरोपी गार्डको नाम केशव भएको भारतीय मिडियाले जनाएका छन् । गार्डले राजेशको खुट्टामा गोली हानिदिएका थिए त्यसपछि बैंकमा भएका मानिसहरुको भागाभाग भएको थियो ।

गार्ड केशवले चलाएको गोली राजेशको खुट्टामा लाग्यो त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । बरेली पुलिसले ट्वीटरमार्फत दिएको जानकारीअनुसार कुनै विषयमा बहस भएपछि केशवले ग्राहकको खुट्टामा गोली हानिदिए । पूर्वसैनिक रहेका गार्डलाई पुलिसले हत्याको प्रयासको आरोपमा पक्राउ गरेको छ । गार्डले भने सोधपुछका क्रममा आफूले जानीजानी गोली नचलाएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *