दशौं महाधिवेशन आयोजक कमिठीको बैठक बाेलाउने एमालेकाे निर्णय

डिसी नेपाल
१३ असार २०७८ ११:३२

काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार बोलाउने निर्णय गरेको छ।

आइबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउन निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। यसैगरी बैठकले एमालेको सदस्यता नवीकरण छिटो र तीव्रता दिन प्रदेश र जिल्लालाई निर्देशन दिएको छ।

‘एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो, बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीनिक आयामका विषयमा संक्षिप्त तर गहन छलफल गरियो,’ प्रवक्ता ज्ञवालीले भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’

१६ गते काठमाडौंमा बस्ने बैठकले पार्टीभित्रका असन्तुष्ट नेताहरुको विषयमा समेत ठोस छलफल गर्ने बताइएको छ। अहिले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग संवाद र छलफल जारी रहेकाले त्यसबारेमा समेत समीक्षात्मक छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए।

एमालेको गत फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले यसअघि आफ्नो फैसलामा एमाले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछिको अवस्थाका बारेमा समेत आजको बैठकमा छलफल भएको बताइएको छ।

एमाले महाधिवेशन आयोजक कमिटीको गत वैशाख १० गते बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटीमा रहने सदस्यको कार्यविभाजन गरेको थियो। स्थायी कमिटीमा अहिले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित सो पक्षका नेताहरुलाई हटाइएको छ । केही नेताहरु पार्टीको निर्णयअनुसार निलम्बमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *