उपत्यकामा जोरविजाेर प्रणालीमा सार्वजनिक यातायात खुलाउने तयारी, निर्णय भोलि हुने

डिसी नेपाल
१३ असार २०७८ १९:०८

काठमाडौं। कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक हप्ता थप गर्ने तयारी भएको छ। काठमाडौ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाएर जाने गरी छलफल थालेका छन्। उनीहरुले सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा खुलाउनेबारे छलफल गरेको भए पनि सोमबारमा यसबारे निर्णय हुने भएको छ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आइतबार कुनै पनि निर्णय नभएको र यसबारे सोमबार मात्रै निर्णय गर्ने जानकारी दिए। उनले भिडभाडलाई कम गर्न ५० प्रतिशत क्षमतामा मात्र सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भए पनि आइतबार कुनै पनि निर्णय नभएको बताए।

तीन जिल्लाको रणनितिबारे छलफल भएको र निर्णायक छलफल भए पनि यसबारे सोमबार सबै पक्षसँग राय लिएर थप निर्णय गर्ने भएका छन्। उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बयाउने विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन्। उपत्यकामा असार ७ गते थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिने भएपछि आइतबार दिउसो उनीहरु छलफलमा जुटेका थिए। उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा जारी छ। तर पछिल्ला दिनहरुमा निषेधाज्ञा खुकुलो पारिएको छ। तर, कोरोना संक्रमणको जोखिम भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *