संवैधानिक इजलासमा सरकारको पक्षबाट बहस सुरु

डिसी नेपाल
१४ असार २०७८ १२:१४

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइको क्रममा आज विपक्षी अर्थात सरकारको पक्षबाट बहस सुरु भएको छ । सरकारको पक्षबाट सबैभन्दा पहिले महान्यायाधविक्ता रमेश बडालले बहस सुरु गरेका छन् । आइतबार रिट निवेदकको पक्षबाट बहस सकिएपछि आजदेखि विपक्षीको तर्फबाट बहस सुरु भएको हो ।

आज सबैभन्दा पहिले बहस सुरु गरेका महान्यायाधीवक्ता बडालले ३ घण्टाको समय पाएका छन् । इजलासले विपक्षीको लागि बहस गर्न १५ घण्टाको समय दिएको छ । यो समयमा रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । विपक्षीको बहस सकिएपछि फेरि रिट निवेदकले ३ घण्टा जवाफी बहस गर्न पाउनेछन् । त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ ।

एमिकस क्युरीको रायपछि ५ सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउनेछ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् । फैसला सुनाउने बेला ५ सदस्यीय इजलासमा न्यायाधीशहरुको मत बाझिएमा इजलासले बहुमतको आधारमा निर्णय गर्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *