म अरुभन्दा फरक छु, म विचार समूहको मात्र नेता : माधव नेपाल

डिसी नेपाल
१४ असार २०७८ १८:१८

काठमाडौं। विपक्षी गठबन्धनले सोमबार राजधानीमा सामाजिक अभियन्तासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा एमालेका विद्रोही नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा पहिला बोलेका पूर्वप्रधानमन्त्री नेपालले आफू कार्यक्रममा कुनै दलीय प्रतिनिधि भएर सहभागी नभएको बताएका छन्।

उनले आफू अहिले अप्ठ्यारो अवस्थामा परेको विचार समूहका नेताका रुपमा रहेको बताएका छन्। उनले गठबन्धनका अरु नेताको भन्दा आफ्नो अवस्था फरक रहेकोसमेत बताए।

यस्तै नेता नेपालले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे पनि जवाफ दिए। सोमबार बालुवाटारमा आयोजित मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ‘मलाई बौलाहा कुकुरले टोकेको छ र माधव नेपाल जस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाउने ?’ भनेका थिए। ओलीले आइतबार नेता नेपाललाई आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएपछि सोमबार यस्तो टिप्पणी गरेका थिए।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको नेता नेपालले सोमबार अपरान्ह प्रतिनिधिसभा भवन ल्होत्से हलबाट दिए। उनले प्रधानमन्त्रीको कुरा आफै बुझ्नुहोस भन्दै व्यंग्य गरेका थिए। उनले प्रधानमन्त्री ओलीका पछिल्ला केही दिनका भाषणहरु रेकर्ड गरेर राख्न लायकका रहेकोसमेत बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *