घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई गराए सचेत

डिसी नेपाल
१५ असार २०७८ १७:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित भएका कारण कोठा भाडामा नदिएको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आवेशमा आएर यस्तो काम नगर्न सचेत गराएको मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् मन्त्रीज्यू। जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी गाडीमा लिफ्ट दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *