दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मंगलबार साँझ सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस तुलसीपुर उपमहागनरपालिका ३ शिरखोलामा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
ओरालो सडक चिप्लो र घुमाउरो भएका कारण बस चिप्लेर दुर्घट्ना भएको उनले जानकारी दिए । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको पनि उनले बताए ।
प्रतिक्रिया
Facebook Comment