जेठ २ मा फर्किएको एमालेमा ओली र माधवको समूहमा को-को ?

डिसी नेपाल
१६ असार २०७८ १२:४८

काठमाडौं। सत्तारुढ दल नेकपा एमाले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टी संरचनामा फर्किने भएको छ। र यो माधव समूहले उठाउँदै आएको मुख्य माग हो।

गत फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपालाई खारेज गर्दै एमाले र माओवादी ब्युँतिएपछि नेकपाकालीन विवाद एमालेमा सरेको थियो। नेकपा हुँदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग टाढिएको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रचण्डसँगको गठबन्धनलाई तोडेर एमालेमै संघर्ष गर्ने निर्णय लिएको थियो।

तर, ओलीले फागुन २८ मा आफू निकट नेताहरुको बैठक गरेर नयाँ एमाले भन्दै साविक एमालेको पार्टी संरचनामा व्यापक फेरबदल गर्दै केन्द्रीय कमिटी भंग गरेका थिए। र महाधिवेशन आयोजक कमिटी बनाएका थिए। माधव समूहले यो निर्णयविरुद्ध लगातार संघर्ष गर्दै आएको छ।

माधव समूहको माग पूरा हुनेगरी एमाले २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किने भएपछि अब एमालेमा कुन समूहको शक्ति कति भन्ने चासो बढेको छ। जेठ पूर्वको २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव समूहमा रहेका नेताको अवस्था हेर्दा ओली समूह सुविधाजनक बहुमतमा देखिएको छ। माधव समूह पार्टीको स्थायी कमिटीमा बहुमतमा छन् अन्य सबै संरचनामा ओली बहुमतमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *