कोइराला निवासमा पौडेल समूहका नेताहरुको छलफल

डिसी नेपाल
१६ असार २०७८ १७:२७

काठमाडौं। काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अनौपचारिक बैठक बसेको छ। सो समूहका वरिष्ठ नेताहरुबीच कोइराला निवासमा ४ बजेपछि छलफल शुरु भएको एक नेताले जानकारी दिए।

छलफलमा नेताहरुबीच आसन्न महाधिवेशनको उम्मेदवारीबारे छलफल भइरहेको एक नेताले जानकारी दिए। उनका अनुसार पौडेल समूहमा रहेका सभापतकिा आकांक्षी नेताहरुबीच सहमति जुटाउने प्रयास स्वरुप यो बैठक भएको हो।

साथै महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच लगातार भएको लन्च मिटिंगबारे पनि सो बैठकमा छलफल भएको छ।

वरिष्ठ नेता पौडेल निधिलगायत तीन नेताबीचको छलफलप्रति असन्तुष्ट छन्। उनले यो असन्तुष्टि मंगलबार जिल्ला सभापतिहरुको भेलामा पनि पोखेका थिए।

यसअघि सो समूहमा दियालो होटलमा भएको छलफलमा पनि एक्लाएक्लै उम्मेदवारी घोषणा नगरी सहमति जुटाउनेपर्ने बताएका थिए। पौडेल स्वयम सभापतिका आकांक्षी हुन्।

कोइराला निवासमा पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतका नेताहरु सहभागी छन्। तर सभापतिका आकांक्षी शेखर कोइराला र सुजाता कोइराला भने सो बैठकमा सहभागी भएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *