आन्तरिक हवाई उडान सुचारु, सिमित संख्यामा उडान हुने

डिसी नेपाल
१७ असार २०७८ ११:५७

काठमाडौं। मुकुकको आन्तरिक हवाई उडान सिमित मात्रामा सञ्चालनमा ल्याउने गरी पुनः सुचारु भएको छ। कोभिड–१९ महामारीको जोखिम बढ्दै गएपछि स्थगन गरिएको उडान झण्डै दुई महिनाको अन्तरालपछि आज (बिहीबार) देखि पुनः सञ्चालनमा आएको हो।

जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको हो। नेपाल नागरिक उड्यन प्राधिकरण –क्यान) ले सामन्य अवस्थाको उडानको तुलनामा पचास प्रतिशतमात्र उडान गर्न पाउने व्यवस्था मिलाइएको जनाएको छ।

क्यानले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान मात्र सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन÷तीन उडान स्वीकृति दिइएको छ।

विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड÷प्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ। यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *