ओली–नेपाल टेलिफोन संवाद : माधव नेपाललाई भेट्न प्रस्ताव

डिसी नेपाल
१८ असार २०७८ १०:२६

काठमाडौं। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन संवाद भएको छ। प्रधानमन्त्री ओलीले बिहीबार राति वरिष्ठ नेता माधव नेपाललाई टेलिफोन गरेका थिए। दुवै नेताबीच पार्टी विवाद समाधानका विषयमा केही क्षर कुरकानी भएको थियो। ओलीले नेपाललाई भेटेर छलफल गर्न प्रस्ताव गरेका छन्।

पार्टीलाई पुरानै अवस्थामा फर्काउने निर्णयसँगै बिहीबार दुई चरणमा दुवै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो। उक्त छलफल सकारात्मक भएपछि दुवै समूहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउने समति गरेका थिए।

‘हाम्रो वर्कआउट अनुसार नै प्रधानमन्त्रीले माधव कमरेडलाई फोन गर्नु भएको हो,’ एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘केपी कमरेडले माधव कमरेडलाई भेट्ने प्रस्ताव गर्नु भएको छ।’

आज केन्द्रीय कमिटी बैठक बस्नु अघि दुई जनाबीच भेटघाट हुने कार्यक्रम भएपनि मिति र स्थान तय भएको छैन। बिहीबार दुवै पक्षका नेतहरुबीच भएको छलफल सहमति उन्मुख भएपछि ओलीले नेपाललाई फोन गरेका थिए।

स्रोतका अनुसार बिहीबार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरिएको हस्ताक्षर फिर्ता लिने र जे७ २ पूर्व रहेका सबै भातृसंस्थालाई पूर्ववत अवस्थामा फर्काउने विषयमा सहमति भएको छ।

यद्यपि अहिले बस्ने केन्द्रीय कमिटी बैठकमा नेता नेपाल सहभागी हुने संभावना नरहेकाे उनी निकट नेताहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *