बुढानिलकण्ठमा देउवा निकट नेताहरूकाे छलफल

डिसी नेपाल
१९ असार २०७८ ११:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्। देउवा निवास बुढानिलकण्ठमा छलफल जारी रहेको बताइएको छ।

भदौमा निर्धारि १४औँ महाशिवेशन केन्द्रित भनिएको छलफलमा उपसभापति विमलेन्द्र निधि, नेताहरु विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागि भएका छन्।

क्रियाशील सदस्यता र महाधिवेशनका बारेमा छलफल भइरहेको स्रोतको भनाइ छ। दउवाको पक्षमा रहेका निधिले पनि आउने महाधिवेशनका लागि समापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्।

सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निधिले बेलाबेलामा छलफल गरिरहेका छन्। कोरोना महामारीको प्रकोप बाकीँ रहेकै बेला कांग्रेसले भदौमा महाधिवेसन गर्नै पर्ने संवैधानिक वाध्यता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *