सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का प्रदेशका बझाङ, बाजुरालगायत जिल्लामा महसुस गरिएको हो।
सो भूकम्पको केन्द्रविन्दु बझाङ र बाजुराको सीमा सैपाल नजीक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। भूकम्प ४ दशमलव १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन। रासस
प्रतिक्रिया
Facebook Comment