श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ

विराटनगर । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ ।
हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment