हस्ताक्षर फिर्ता नगर्ने नेता एमाले हुन सक्दैन : ओली

डिसी नेपाल
२० असार २०७८ ६:१५

काठमाडाैं । एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले नेताले हस्ताक्षर फिर्ता नलिए उनीहरू एमाले हुनै नसक्ने बताए ।

शनिवार बालुवाटारमा एमाले केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले हस्ताक्षर फिर्ता नगर्ने व्यक्ति एमालेभित्र रहन नस्कने बताएका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता कर्ण थापाले पार्टीकै विरुद्धमा हस्ताक्षर गर्ने नेता एमालेको नेता कसरी हुन सक्छ भन्दै ओलीले आक्रोश पोखेका थिए ।

सर्वोच्च अदालतमा समेत यस विषयमा मुद्दा परेकाले फैसला हुनुभन्दा अघिसम्म हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ । एमाले स्रोतका अनुसार हस्ताक्षर फिर्ता नगर्ने २३ नेतालाई फैसला आएको भोलिपल्ट नै कारबाही गरिनेछ । पार्टीभित्र जति पनि लचिलो भए पनि बैठकमा नआउने र आफनै नेताविरुद्ध हस्ताक्षर गरेर प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्नु गम्भीर आपराध रहेको एमालेको निष्कर्ष रहेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *