थप १ हजार ६०५ जनामा कोरोना संक्रमण, २ हजार ५५२ जना निको

काठमाडौं। गत २४ घण्टामा नेपालमा १ हजार ६०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५५२ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८७६ पीसीआर परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २५६ परीक्षण गर्दा ५६१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ । नेपालमा २६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment