मेक्सिकोको गैरआवासीय राजदूतमा खतिवडा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेक्सिकोका लागि गैरआवासीय राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका लागि राजदूत रहेका डा. खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment