प्राकृतिक प्रकोपबाट बच्न पूर्व तयारीका लागि सर्वसाधारणमा आग्रह

काठमाडौ। महानगरीय प्रहरी परिसर जावलाखेलले बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट बच्नका लागि बाढी पहिरो पूर्व तयारीका लागि सर्वसाधारणमा आग्रह गरेको छ।
परिसरले हालै जारी गरेको सार्वजनिक सूचना अनुसार बाढी पहिरो आउनसक्ने संभावित स्थानहरुलाई सुरक्षित स्थानमा जान र बाढी पहिरो आउन सक्ने जोखिम भएका स्थानमा बसोबास नगर्न आग्रह गरेको छ।
परिसरले जथाभावी गिट्टी ढुंगा वालुवा उत्खनन नगर्न, वन जंगलका रुखहरु नकाट्नपनि सर्वसाधारणमा अपील गरेको छ । बाढी पहिरो आइहाले सुरक्षित स्थानमा जान, सुरक्षा निकायलाई अविलम्ब खबर गर्न, उद्धारको क्रममा लाइफ ज्याकेट, ट्यूव, डोरीको प्रयोग गर्न र घाइतेहरुलाई अविलम्ब अस्पताल लैजान पनि परिसरले सबैलाई आग्रह गरेको छ।
परिसरले विपद आउनु पूर्वका सबै तयारीहरु पनि पूरा गर्न आग्रह गरेको छ। दक्षिणी ललितपुर पहाडी भेग भएकाले पनि त्यहाँ बाढी र पहिरोको चपेटामा पर्ने गरेको छ। खानी तथा ढुंगा गिटी उत्खनन र क्रसर उद्योगहरु धेरै सञ्चालनमा रहेका कारण ललितपुरमा हरेक वर्ष प्राकृतिक विपत्तिको जोखिममा रहेको छ।
Facebook Comment