साउन ८ गतेभित्र ३ उडानमा चीनबाट ४० लाख खोप ल्याइँदै (उडान तालिकासहित)

डिसी नेपाल
२१ असार २०७८ १२:५९

काठमाडौं। सरकारले आगामी साउन ८ गतेसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याउने भएको छ । चीनबाट ल्याइने खोपको लागि नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

यो खोप ल्याउने तय भएसँगै अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूह निर्धारण गर्ने र कार्यतालिका प्रकाशन गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

खोपको पहिलो लट लिनका लागि नेपाल एयरलाइन्सको एयरबस ए ३३० जहाज यही असार २४ गते अपरान्ह बेइजिङ जानेछ र भोलिपल्ट बिहान काठमाडौं आइपुग्नेछ । यस्तै दोस्रो लट लिन ३१ असारको राती जानेछ र १ साउनका दिन दिउँसो काठमाडौं आउनेछ । यस्तै तेस्रो लट लिन साउन ७ गते राती जानेछ र साउन ८ गते दिउँसो काठमाडौं आइपुग्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *