आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्त कुमार नेम्बाङले डिसी नेपाललाई जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ ।
कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए । आन्तरिक उडान बिहीबारदेखि आधा संख्यामा सञ्चालनमा आएका थिए ।
अहिले युएई, साउदी अरब, अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगललगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् ।
प्रतिक्रिया
Facebook Comment