कोरोना संक्रमितको संख्या बढ्यो, २४ घण्टामा २ हजार ९७९ जना संक्रमित थपिए

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ९७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३३३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३५ पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६३ परीक्षण गर्दा ९०२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment