अमेरिकी अनुदानको खोप नेपाल आउने

डिसी नेपाल
२४ असार २०७८ ८:२१

काठमाडौं। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ। विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउने विषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उद्धृत गरी लेखेको पत्रले प्रस्ट्याएको छ।

मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसार १५ लाख ३४ हजार आठ सय ५० डोज अमेरिकी खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो। उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ। अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।

हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको भारतीय ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ। यी दुवै खोप दुई मात्रा लगाउनुपर्ने खोप हुन्।

कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशत खोप नेपाललाई निःशुल्क उपलब्ध गराउने भनेकोमा तीन महिना अघि पहिलो चरणमा तीन लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *