सहकुल थापालाई प्रहरीको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

डिसी नेपाल
२४ असार २०७८ २१:११

काठमाडौं। सरकारले नेपाल प्रहरीका नायवमहानिरीक्षक (डीआईजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षाक (एआईजी)मा बढुवा गरेको छ। विहीबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

थापालाई यसअघि नै बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा समितिको सिफारिस अनुसार थापालाई शुक्रबार एआईजीमा बढुवा गरिएको हो। नेपाल प्रहरीमा अब दुईजना एआईजी हुने भएका छन्। विश्वराज पोखरेल यसअघि नै एक्लो एआईजीका रुपमा रहेका थिए।

अब भावी महानिरीक्षक (आईजी)मा पोखरेल र थापाको प्रस्पिर्धा हुने भएको छ। पोखरेल यसअघि एक्लै एआईजीमा बढुवा भएपछि उनी आईजीका एक्ला दाबेदार थिए। तर, अब थापा उनका प्रतिस्पर्धी भएका छन्।

यस्तै मन्त्रिपरिषदले कृष्णहरि पुस्करलाइ सचिवमा बढुवा गरेकाे छ। सिफारिस समितिले पुस्करसिहत अन्य तीनजना सहसचिवलाइ सचिवमा बढुवाका लागि सिफारिस गरेकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *