थप २ हजार २३९ जनामा कोरोना संक्रमण, १ हजार ३१६ जना निको

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ परीक्षण गर्दा ७६० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment