धेरै वर्षा र बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वर्षा र बाढीको सम्भावना भएको भन्दै सतर्क रहन आग्रह गरेको छ। नियमित बुलेटिनमा महाशाखाले यस्तो आग्रह गरेको हो।
पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘ देश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउसो बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ भने आजै राति प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकोले सोमबार र मंगलबार पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महशाखाले जनाएको छ।
Facebook Comment