थप २ हजार ३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १३३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८९५ परीक्षण गर्दा ६८० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसारसोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment