बुधबारकाे माैसम : भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुराेध

डिसी नेपाल
३० असार २०७८ ६:३२

काठमाडौं । अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिनभर मनसुनी वायुको प्रभाव रहने छ।

‘आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’ पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।’

महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि अनुरोध गरेको छ।

राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाÞद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *