बढ्यो कोरोना संक्रमण, २४ घण्टामा २ हजार ९०५ जनामा संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६०६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार १०८ पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९१६ परीक्षण गर्दा ८९५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ । हाल नेपालमा २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेका छन भने ९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment