राससको प्रधान सम्पादकमा पाठक

काठमाडौं। राष्ट्रिय समाचार समितिको प्रधान सम्पादकमा एकराज पाठक नियुक्त भएका छन्। हालै दशौँ तहमा बढुवा भएका उनलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधान सम्पादकमा नियुक्त गरेको हो।
पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्यसमेत छन्। उनी हाल राससको आलेख शाखाको प्रमुखका रुपमा कार्यरत छन्।
विसं २०३१ फागुनमा बागलुङमा जन्मिएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका हुन्। उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ। उनले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेखेका छन्।
उनले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरेका छन्।
Facebook Comment