बैंकिङ कसुरका फरार दोषी पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।
कार्यालयका अनुसार उनलाई विषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ कसुरमा रु २२ लाख जरिवाना र आठ दिन कैद तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचीमा रहेका थिए । उनलाई आज दिउँसो भरतपुर महानगरपालिका–९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ परेका उनलाई आजै जिल्ला अदालत चितवनमा बुझाइएको छ ।
प्रतिक्रिया
Facebook Comment